काठमाडौँ – मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT


नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।


ADVERTISEMENT

# # #


शिलान्यासपछि प्रधानमन्त्री ओलीले पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” उनले भने “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।”

प्रदेश १ अन्तर्गत धनकुटाको हिले र प्रदेश ३ अन्तर्गत धादिङको गल्छि र सिन्धुलीको खुर्कोटमा एकै साथ फाईबार विच्छ्याउने योजना अनुसार खुर्कोटमा पनि अप्टिकल फाईबर विच्छ्याउन सुरु भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।

नेपाल टेलिकमले पाँचथरको चिवाभञ्याङदेखि धादिङको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुदै दुई हजार १ सय ७९ किलोमिटर फाईवर विच्छ्याउने कार्य औपचारिक रुपमा सुरु गरेअनुसार सिन्धुलीको खुर्कोटबाट सुरु भएको हो।

खुर्कोटबाट दोस्रो प्याकेज अन्तर्गत एक हजार २८ किलोमिटरमा फाईबर बिच्छ्याउन सुरु गरिएको नेपाल टेलिकम वीरगञ्जका प्रबन्धक ईन्दल यादबले जनाए। उनका अनुसार पहिलो प्याकेज ५९६ किलोमिटर र तेस्रो प्याकेज ५५५ किलोमिटरमा फाईवर बिच्छ्याउने योजना रहेको छ।

‘आगामी बर्षको बजेटले देश विकासको गियर बढाउँछ’

प्रधानमन्त्री ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । “जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भने “देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउँछ । तीनमा छ भने चारमा पु¥याउँछ ।”

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए । उनले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।