एजेन्सी – के तपाई ‘हुवावे’को मोबाइल फोन चलाउनुहुन्छ वा किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ विचार पुर्याउनुहोस् । अमेरिका र चीन बीचको ‘ट्रेड युद्ध’ले विश्वभर रहेका हुवावेका मोबाइल ग्राहकलाई पनि प्रभावित पार्ने भएको छ ।


ADVERTISEMENT


विदेशी साइबर हमलाबाट अमरिकी कम्प्युटरलाई बचाउन भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेसंगै अमेरिकामा अहिले विदेशी टेलिकम्युनिकेसन कम्पनीहरु बन्द रहेका छन् । त्यसमा पनि विशेष गरी ट्रम्पले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई टार्गेट गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैको प्रभावमा गुगलले हुवावेसंगको सम्झौता पनि रद्द गरेको छ । जस अनुसार हुवावेका स्मार्ट फोन र अन्य प्रविधिक सामानहरुमा गुगलका हार्डवेयर र सफ्टवयर सेवाहरुहरु चल्ने छैनन् । अब गुगल प्लेस्टोर, एन्ड्रोइड अपडेट, एप अपडेट, युट्युब, जिमेल लगायतका सेवाहरु हुवावेका फोनहरुमा उपलब्ध हुने छैनन् ।

वर्तमान हुवावे प्रयोगकर्तालाई के ?

के हुवावेका वर्तमान स्माटफोन प्रयोगकर्ताले यसको बारेमा चिन्तित हुनु आवश्यक छ ? गुगलका एक प्रवक्ताका अनुसार हुवावेका वर्तमान स्मार्टफोन प्रयोगकर्ताले बिना अवरोध गुगलका सेवाहरु प्रयोग गर्न भने पाउने छन् । तर, भविष्यका हुवावेका स्मार्ट फोनमा ती सेवाहरु उपलब्ध हुनेछैनन् ।

गुगलको पहुँचबाट बाहिरिनु हुवावेको लागि ठूलो घाटाको विषय हुनेछ ।