काठमाडौं – विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम एकैसाथ सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो ।


ADVERTISEMENT

# # #


सार्वजनिक तीन गीति एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।

डा. डी आर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । उनलाई आइतबार पनि चार ओटा एभरेष्ट वर्ल्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ ।