नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।


ADVERTISEMENT


आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैया घटाइएको छ। नयाँ मूल्य पेट्रोलको १०९।५० र डिजेलरमट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ।


ADVERTISEMENT

# # #


इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो। यो समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १५।६७ र डिजेल १६।६४ प्रतिलिटर रूपैयाँले नेपालतर्फ सस्तो भएको छ।