काठमाडौँ – नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरु सम्मानित भएका छन् ।


ADVERTISEMENT


उनीहरुलाई गत वैशाख ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहकाबीच सम्मानित गरेका हुन्


ADVERTISEMENT

# # #


प्रधानसेनापति थापाले “लघु चलचित्र प्रतियोगिता–२०७५”मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पनु, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई क्रमश २ लाख, १ लाख ५० हजार र १ लाखसहित प्रशंसापत्र प्रदान गरेका छन् ।

प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार दिइएको छ । यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईबाट उक्त प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही २५,००० का साथै प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मूलक मोबाईल एप्सको समेत शुभारम्भ गरे ।

सोही अवसरमा बलाधिकृत रथी शरद कुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने ६ वटा रेडियो तथा एफ.एम. स्टेशनहरुलाई कदर पत्र प्रदान गर्नुको साथै नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक–२०७५” तथा “द शिवपुरी जर्नल–२०१९”मा प्रकाशित लेख रचनाहरु मध्ये ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार जनही १० हजार प्रदान गरेका थिए ।