काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट सुशान्त ओझा भन्ने निरज कुईकेल पक्राउ परेका हुन् ।


ADVERTISEMENT


काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका विभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेका थिए । त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अवैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।