काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।


ADVERTISEMENT


महाशाखाले आफ्नो बुलेटिनमा शनिबार राति पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #