काठमाडौँ – सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ। मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।


ADVERTISEMENT


कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए।


ADVERTISEMENT

# # #


गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो।