बेँसीसहर, लमजुङ– मस्र्याङदी नदीमा ट्रक खस्दा आज एक जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं को मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन् । दुबैजनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् । घाइते दुबै जनालाई उपचारका लागि सदरमुकाम बेँसीसहर ल्याउँदै गरिएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए ।

नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा रहेको छ । ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए । स्थानीयवासी पदम गुरुङकाअनुसार दुर्घटनास्थल भन्दा दुई किलोमिटर तलसम्म रेफ्रिजेरेटर भेटिएका छन् ।