काठमाडौँ – मनमोहन मेमोरियल यू–१६ क्रिकेटको उपाधी प्रदेश २ले जितेको छ । फाइनलमा सुदुरपश्चिमलाई पराजित गर्दै ४ विकेटले हराउँदै पहिलो पटक उपाधी जितेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले १३३ रन बनायो । उसका लागि सुवास ऐयरले ४७, सन्दिप विष्टले २८ र आशिष भट्टले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । प्रदेश २ का लागि विशाल पटेल र निखिल सिंहले समान ३–३ विकेट लिए ।


ADVERTISEMENT

# # #


१३४ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको प्रदेश २ ले २४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश २ लाई जित दिलाउने क्रममा रोहन विकले ३६, सेख इमरानले १४, निखिल सिंहले २७ तथा विशाल पटेलले २८ रन बनाए ।