काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रम दूरगामी रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सरकारका नीति तथा कार्यक्रममाथिका छलफलफलपछि बोल्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम एक वर्षका लागि मात्र नभई, दुई वर्ष, तीन वर्ष वा २५ वर्षसम्मलाई ध्यानमा राखेर ल्याएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नीति तथा कार्यक्रम झुटा सपना र फगत नारा भन्नेलाई जवाफ दिँदै उनले निदाएको बेला नभई देश बनाउनका लागि जागेको बेला देखेको सपना भएको बताए ।

‘सपना भनेको रातीमात्रै देखिने हो भन्ने कतिपय माननीय सदस्यलाई लागेछ । यहाँ राती देख्ने सपनाको कुरा गरेको होइन ।’ उनले भने, ‘यहाँ देश बनाउने सपनाको कुरा हो । हाम्रो भविष्यको सपना हो । निदाएको बेला देख्ने हाइन, जागेको बेला देखेको सपनाको कुरा हो । यसले देश बनाउने सपना बोकेको छ । ’ नीति तथा कार्यक्रमले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिहरुको सम्मान बढाउने र मजबुत बनाउने बाटो लिएको प्रधानन्त्री ओलीले बताए ।

यस्तै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै आलोचना नभेटिएको बताए । ‘साथीहरुले दिनुभएको संशोधन पक्षमा ध्यान दिनुपर्ने सुझावहरु केही छन् कि भनेर हेरेको थिएँ । त्यसमा त्यस्तो केही छैन । मलाई खुसी केमा लागेको छ भने आलोचनाको कुनै ठाउँ रहेनछ ।’ उनले भने, ‘नीति तथा कार्यक्रममा आलोचना योग्य ठाउँ भेटिएनछ ।’