काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।


ADVERTISEMENT


सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद गिरीले ओलीजस्तो व्यक्ति राजनीतिक जीवनमा आफूले कमै देखेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्या भण्डारीले गत शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा पटकपटक ‘मेरो सरकार’ भनेको भन्दै अधिकांश सांसदले आपत्ति जनाइरहेका बेला उनले प्रधानमन्त्रीको क्षमताको प्रशंसा गरेका हुन् ।

‘तपाईहरुलाई प्रधानमन्त्रीको पढाईका विषयमा कतिलाई थाहा छ कुन्नी ! जेल बस्दाका वर्षौँ वर्ष यत्तिकै बिताउनु भएको छैन ।’ गिरीले भने ‘उहाँजस्तो सूचना भएको, जानकारी भएको व्यक्ति मैँले राजनीतिक जीवनमा कमै देखेको छु । लगभग अर्को गणेशमानजी हुनुहुन्छ उहाँ ।’

उनले ‘मेरो सरकार’ भन्दा त्यती फरक नपर्ने भन्दै यस विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिँदा अलिकति विचार गर्नुपर्ने बताए । चौतफी आलोचना भएपछि प्रधानमन्त्रीले यो अन्तर्राष्ट्रिय शैली भएको टिप्पणी गरेका थिए ।

‘यसका विषयमा स्पष्टिकरण दिनुहुने प्रधानमन्त्रीले अलिकति विचार गर्नुपर्छ । राष्ट्राध्यक्षले बेलायतको परम्परा अनुसार, भारतको परम्परा अनुसार वा अन्य गणतन्त्र भएको मुलुकका परम्परा अनुसार पनि ‘मेरो सरकार भन्न सक्थ्यो,’ उनले भने ।

तर, देशमा आएको नयाँ व्यवस्था र परिवर्तन अनुसार जनताले के चाहन्छन्, त्यो पनि ख्याल गरिनु पर्ने उनको भनाई थियो ।