काठमाडौं–के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्सले ललितपुरको लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।


ADVERTISEMENT


बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गरुन् भन्ने उद्देश्यले समेन्ट्सले सो सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं। ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतको सहभागिता रहेको थियो ।

यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ । सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।

अघिल्लो महिनामा मात्रै सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।