काठमाडौं–  नेपालमै पहिलो पटक बर्ड फ्लूबाट मानिसको मृत्यु भएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।

बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा विवेकलाल कर्णले जानकारी दिए ।
उनले परिवारलाई भेटेपछि उनको मृत्यु भएको थाहा पाएको बताए ।

चैत १० गते ती बिरामी ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका थिए भने चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको थियो ।

मन्त्रालयले सो घटनापछि अरु बिरामीमा भने प्रयोगशाला परीक्षणका क्रममा उक्त भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने गर्दछ भने पंक्षीहरुको मृत्यु समेत हुने गर्छ । यही क्रममा सो भाइरस मानिसमा समेत सर्ने गरेको पाइएको छ ।

सन् १९९६ मा भाइरस पत्तालागेयता हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ ।