काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिवमा बिरेन्द्र थापा नियुक्त भएका छन् । 


ADVERTISEMENT


पहिलो संबिधान सभा निर्वाचन २०६४ देखि काँग्रेस सभापति समेत रहेका देउवाका स्वकीय सचिवको भूमिका निभाईरहेका थापा अन्तराष्ट्रिय कुटनीति र ईतिहास वियषयमा स्नातकोत्तर छन् ।


ADVERTISEMENT

# # #


शिद्धनाथ उच्च मा वि डडेल्धुरामा २०५६ का स्ववियु सभापति थापा नेबिसंघ समन्वय समितीको सहसचिव समेत रहेर काम गरिसकेका छन् ।

बुबा वीरबहादुर थापा र आमा कौशिलादेवी थापाका सुपुत्रका रुपमा २०४० सालमा उनी डडेल्धुराको पर्शुराम नगरपालिका वडा नम्बर १२ मा जन्मिएका हुन् ।

देशको प्रधानमन्त्री समक्ष आम सर्बसाधारणको सहज पहुँच पुग्नुपर्छ भन्ने थापा जनताका सबै समस्या र दुखहरुको तत्काल समाधान गर्न र गराउन तल्लिन रहेको बताउँछन् ।

मुलूकको समृद्धि र राष्ट्रिय महत्वका एजेन्डाहरुलाई तात्विक निष्कर्षमा पुर्याउँदै प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई सफल बनाउने थापाको प्रतिबद्धता छ ।