बेईजिङ । राष्ट्रपति सी जीन पिङले नेपालको विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति बिद्यादेवी भण्डारी र चिनियाँ सीबीच बेईजिङमा भएको भेटवार्तामा सीले नेपाल चीनबीच हिमाल र नदीले जोडिएको सम्बन्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन समेत ज्ञापन गरेका छन् ।

गत शुक्रबार र शनिबार बेइजिङमा आयोजित दोस्रो बीआरआई फोरममा भाग लिने राष्ट्रपति भण्डारी चीन आएकी हुन् ।