एजेन्सी – श्रीलंकामा गत साताको आइतबार भएको आत्मघाती हमलापछि त्यहाँको सरकारले अनुहार छोपेर हिँड्न प्रतिबन्ध लगाएको छ। यो नियम सोमबारदेखि कडा रूपमा लागू गरिने राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनाएका छन्।


ADVERTISEMENT


उनका अनुसार राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अब मान्छेको अनुहार छोपिने कुनै किसिमका कपडा लगाउन पाइने छैन। मुश्लिम सुमदायका महिलाले लगाउने बुर्का वा हिजाबबारे नामै तोकेर भने उनले केही भनेका छैनन्। तर श्रीलंका सरकारको यो नियमले त्यसलाई छुट्टै राख्छ भन्ने छैन।


ADVERTISEMENT

# # #


श्रीलंकाको दुई करोड दस लाख जनसंख्यामध्ये मुश्लिमहरू दस प्रतिशतभन्दा कम छन्। यसमा पनि एकदमै कम महिलाले मात्र बुर्का वा हिजाब लगाउने गरेको अनुमान छ।

गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो। उक्त आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।

आइएसको सहयोग र दुई स्थानीय संगठनको संलग्ननतामा उक्त विस्फोट गराइएको श्रीलंका सुरक्षा अधिकारीहरूले जनाएका छन्। ती दुवै संगठनमाथि श्रीलंकाले प्रतिबन्ध लगाइसकेको छ।

अहिले थप आतकंकारीको खोजीमा सुरक्षाफौजले देशैभर खानतलास तीव्र बनाएको छ। आतंकारीहरू अझै लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ। देशभर नै संकटकाल घोषणा गरेर कर्फ्यू जारी गरिएको छ।

आतंककारी खोज क्रममा श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मीले शनिबार बिहानै छापा मारेको थियो। छापा मार्ने क्रममा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त भएको थियो जसमा ४ जना मारिए। त्यस्तै आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराउँदा थप १५ जनाको मृत्यु भएको थियो। मर्नेमा बालबच्चा र महिला पनि छन्।

हालसम्म घटनामा संलग्न आशंकामा सुरक्षाकर्मीहरूले ९० जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ। राष्ट्रपति सिरिसेनाले देशैभर हरेक घर खानतलासी गरिने र अबदेखि प्रत्येक घरमा बस्ने मानिसहरूको अभिलेख राखिने पनि बताएका छन्।