काठमाडौं – म्यानमारमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।


ADVERTISEMENT


समुह ए अन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० को गोलअन्तरले पराजित भएको हो । लगातारको हारसँगै नेपालको छनोट हुने सम्भावना समाप्त भएको छ ।


ADVERTISEMENT

# # #


म्यानमारस्थित मन्डलाथिरी रंगशालामा पहिलो हाफमा १ गोलले पछि परेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा थप ३ गोलको शिकार भयो ।

नेपाली डिफेन्सको एकपछि अर्को गल्तीमा नेपाल एकपछि अर्को गोल खान पुग्यो ।

यसअघि खेल सुरू भएको २० औं मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा नेपाल गोल खान पुगेको थियो । गोलकिपर अन्जनाले समातेको बल फुस्काएपछि उज्वेकिस्तानले अग्रता लिएको थियो । लगत्तै पाएको अवसरलाई नेपालकी रेखा पौडेलले सदुपयोग गर्न सकिनन् । दोस्रो हाफको सुरुआतमा केही सुधारिएको प्रदर्शन गरेपनि अन्तिम समय नेपाल सम्हालिन सकेनन् ।

प्रशिक्षक हरीओम श्रेष्ठले अष्टेलियाबिरुद्धको टिमलाई नै निरन्तरता दिएका थिए । नेपालले अब अन्तिम खेल घरेलु टोली म्यानमारसँग खेल्नेछ । यसअघि समूहको पहिलो खेलमा अष्टेलियासँग ११(१ को फराकिलो गोलअन्तरले पराजित भएको थियो ।

गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा नेपाल उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणका लागि छनोट भएको थियो ।