काठमाडौं – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्ली राम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा, नागार्जुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुलस्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारी, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटीस्थित भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरुषोतम खड्काले उद्घाटन गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसैगरी बिदुर नगरपालिका वडा नं १, त्रिशुली बजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयरसन्जु पण्डित, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेश कुमार नेपाल, धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरेका थिए र