काठमाडौँ – म्यानमारमा आजबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । नेपाल अष्ट्रेलियासंग ११-१ को फराकिलो गोल अन्तरले पराजित भएको हो ।


ADVERTISEMENT


म्यानमारको मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा अष्ट्रेलियाले नेपालविरुद्ध ६ गोलको हान्दा नेपालले एक गोल मात्रै फर्कायो । यस्तै दोस्रो दोस्रो हाफमा थप ५ गोल खाँदा कुनैपनि गोल फर्काउन सकेन ।


ADVERTISEMENT

# # #


नेपालका लागि एकमात्र गोल रेखा पौडेलले गरेकी थिइन् ।

नेपालले अब समूहका २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारको सामना गर्नेछ । यसअघि गत कात्तिकमा थाइल्याण्डमा भएको पहिलो चरणमा नेपालले भारत र पाकिस्तानमाथि जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।