काठमाडौँ – प्रभु बैँकले कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबार एक समारोहकाबीच कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले उक्त काउन्टर सञ्चालनमा ल्याएको हो ।

कृषि क्षेत्रको विकास तथा कृषी व्यवसायमा संलग्न भई विपन्न आर्थिक जिवन व्यतित गरिरहेका कृषहरुको आर्थिकस्तर उकास्न सहज होस् भन्ने उद्देश्यले बैंकले कृषि कर्जा शीर्षक अन्तर्गत छुट्टै कर्जा योजना तयार गरी प्राथमिकताका साथ कर्जा लगानी गरिरहेको छ ।

यस अन्तर्गत बैंकले अन्नवाली, तरकारी बाली, चिया/कफी, फलफूल तथा पुष्प खेती, पशुपालन/पशु बधशाला, माहुरी पालन, सिंचाई, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।