काठमाडौँ – आगामी जुन महिनाबाट इङल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि वेष्ट इण्डिजले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ । टिममा आन्द्रे रसेलले पुनरागमन गरेका छन् ।


ADVERTISEMENT


जुलाई २०१८ मा अन्तिम एक दिवसीय खेलेका रेसल गत फेब्रअरीमा पुनः इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा टिममा अटाएका थिए । तर, घाइते भएपछि उक्त सिरिज गुमाएका थिए । ३० वर्षीय रसेलले अहिले १२ औँ संस्करणको इण्डियन प्रिमियरमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


विश्वकपमा वेष्ट इण्डिजको कप्तानी जासन होल्डरले गर्नेछन् । वेष्ट इण्डिजले विश्वकपमा आफ्नो पहिलो खेल जुन ६ मा अष्ट्रेलियामा खेल्नेछ ।

यस्तो छ वेष्ट इण्डिजको टिम

जासन होल्डर (कप्तान), क्रिश गेल, आन्द्रे रसेल, सेल्डन कोट्रेल, सान्नोन ग्याब्रियल, केमार रोच, नाकोलास पूरन (विकेटकिपर), अस्ले नर्स, फेवियन अलेन, सिम्रोन हट्माएर, साई होप (विकेटकिपर), ओसाने थोमस, कार्लस् ब्राथ्वेट, डारेन ब्राभो र इभान लेविस।