काठमाडौँ – कामना सेवा विकास  बैंकले हालै सञ्चालनमा ल्याएको ‘इ बैंकिङ’ सेवा विभिन्न सुविधाहरु थप गरेको छ । बैँकले वैशाख ६ गतेदेखि लागु हुने गरी परिमार्जीत, आधुनिक र सरल ‘आइ बैंकिङ रिलोडेड’ सेवा सुरु गरेको हो ।


ADVERTISEMENT


यस योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दैे उक्त आइ बैँकिङ सुविधा प्रयोग गर्न सकिन्छ । यस्तै ग्राहकहरुले आफ्नो बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, इसेवामा रकम जम्मा गरी विभिन्न रकमहरु भुक्तानी गर्न, नेपाल टेलिकम, एनसेल, स्मार्टसेल लगायतमा ‘टप अप’ गर्न सकिने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


कामना सेवाको ‘खोलौँ बैंक खाता अभियान’ योजना सञ्चालनमा

यस्तै बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौँ बैंक खाता अभियान २०७६” अभियान अनुरुप नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

वैशाख १ गते देखी लागुहुने उक्त बचत खाता खोल्ने हरेक व्यक्तिको खातामा बैंकले १ रुपैयाँ जम्मा गरिनेछ । साथै सातलाख सम्मको दुर्घटना बीमा समेत गरीदिने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।