काठमाडौँ– प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।


ADVERTISEMENT


महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री देउवासँग भेटी मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको सांसद रेखा शर्माले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै ती माग पूरा गर्न सक्दो प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । भेटमा सांसद आरजु देउवा, सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने र सीता गुरुङको पनि सहभागिता थियो ।