काठमाडौँ – एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शनिबारदेखि थाइल्याण्डमा सुरु हुँदैछ । नेपालले पहिलो खेल म्यानमारसंग खल्दैछ ।


ADVERTISEMENT


यसअघि सन् २०१७ मा भएको प्रतियोगितामा पनि नेपालले म्यानमारलाई ३१७ रनले पराजित गरेको थियो । शनिबार पनि जित निकालेर प्रतियोगितामा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य रहेको छ । यसपटक नेपाली यू-१६ क्रिकेट टिमको कप्तानी विशाल विक्रम केसीले गर्दैछन् ।


ADVERTISEMENT

# # #


३५ ओभरको प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ अन्य तीन टोलीहरु मलेसिया, म्यानमार र थाइल्याण्ड रहेका छन् । यस्तै समूह ‘बी’मा सिंगापुर, हङकङ, भुटान र चीन रहेका छन् । प्रत्येक समूहका उत्कृष्ट दुई टिम प्लेअफका लागि छानिनेछन् ।

नेपालले दोस्रो खेल मलेसियासंग अप्रिल २४ र अन्तिम खेलमा आयोजक थाइल्याण्ड अप्रिल २५ मा खेल्नेछ । साबिकको विजेता समेत रहेको नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ ।

यसअघि भएको प्रतियोगितामा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधी जितेको थियो ।

यस्तो छ नेपाली टिम :

विशाल विक्रम केसी (कप्तान)
आशिस भट्टराई
प्रशान्त महत
अर्जुन कुमाल
दिपक बोहोरा
सुवाष ऐर
निखिल कुमार सिंह
विशाल कुमार पटेल
कृष कार्की
तिलक राज भण्डारी
रमेश कुर्मी
रोशन दुधराज विक
प्रसान्त सिंह
सुशान्त तहप