काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


थपलियालाई संविधानको धारा २४५ को उपधार (२) बमोजिम राष्ट्रपति भण्डारीले शुक्रवार निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संवैधानिक परिषदबाट सिफारिस थपलियालाई बुधवार संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो।

२०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो ।

यस्तै, राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतमा ५ न्यायाधीश नियुक्त गरेकी छिन्। नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना (धनुषा), सुष्मालता माथेमा (काठमाडौं), कुमार रेग्मी (झापा), हरिप्रसाद फुँयाल (मोरङ), डा. मनोजकुमार शर्मा (काठमाडौं) रहेका छन्। पाँचै जना बिहीबार संसदीय सुनवाइ समितिबाट अनुमोदित भएका थिए।