काठमाडौँ – नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआइ)र कामना सेवा विकास बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतामा एनबीआइका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस समझौतापत्रमा कामना सेवा विकास बैंक का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जेएएनबीआइ कोर्ष प्रदान गर्ने सहमति भएको छ ।

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको कम्पनीले बताएको छ । विशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्ष अध्ययन गरी लाभान्वित भइसकेका छन् ।

हाल सम्म देशका ३ हजार जना भन्दा बढी बैंकिङ्ग कर्मचारीहरु यो कोर्षमा आवद्ध भई १ हजार जना भन्दा बढी कर्मचारीहरुले यो कोर्ष उत्तिर्ण गरी जेएएनबीआइ प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।