काठमाडौं – नेपाली चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माण रहेको फिल्मको ट्रेलरमा वैदेशिक रोजगारी, विशेषगरी अमेरिका जानका लागि गरिने दौडधूपलाई देखाइएको छ ।


ADVERTISEMENT


फिल्मलाई सुदन केसीले निर्देशन गरेका छन् भने मित्र डी गुरुङको समपादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।


ADVERTISEMENT

# # #


फिल्ममामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

वैशाख २० गतेबाट रिलिज हुन लागेको फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् ।