काठमाडौँ – प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलानलाई पक्राउ गरेको छ।


ADVERTISEMENT


घलानलाई बिहीबार राति साढे ९ बजे हेटौंडाबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यलयका प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए।


ADVERTISEMENT

# # #


घलानविरूद्ध यसअघि नै हातहतियार तथा विस्फोटक पदार्थ ओसारपसारको मुद्दा रहेको एसपी सिंहले जानकारी दिए।

‘हिरासतमा राखेर अनुसन्धान भइरहेको छ,’ एसपी सिंहले भने, ‘उनी जिल्लामा भएका अरू आपराधिक घटनामा पनि संलग्न रहेको भन्ने उजुरी छ।’