काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।