एजेन्सी – अन्तरिक्षयात्रीहरुले पहिलोपटक ‘ब्ल्याक होल’ को वास्तविक तस्बिर सार्वजनिक गरेका छन् । जसको आकार सिंगो सौर्य मण्डलको भन्दापनि ठूलो रहेको बताइएको छ ।


ADVERTISEMENT


यसै हप्ता सार्वजनिक हुने भनेर यसअघि बताइए अनुसार नै उनीहरुले आकाशगंगा (ग्यालेस्की)को केन्द्रभागमा रहेको कालो छिद्र (ब्ल्याक होल)को तस्बिर पहिलो पटक सार्वजनिक गरेका हुन् । यससघि ब्ल्याक होलको स्वरुप वैज्ञानिकहरुको कल्पनाको आधारमा मात्र रहेको थियो ।


ADVERTISEMENT

# # #


‘दि इभेन्ट होरिजन टेलीस्कोप’ (इएचटी) टेलिस्कोपको ग्लोबल नेटवर्क हो । जसले ‘ब्ल्याक होल’को पहिलो तस्बिर सार्वजनिक गरेको हो । जसमा आन्टार्किकादेखि स्पेन र चिलीसम्मका २ सय भन्दा बढी वैज्ञानिकको प्रयास रहेको छ । पृथ्वीको आकारको ३० लाख गुणा ठूलो र ४० अर्ब किमी टाढा रहेको यसलाई वैज्ञानिकले राक्षसका रुपमा व्याख्या गरेका छन् ।

तस्बिर सार्वजनिक भएसंगै यसले विज्ञानको क्षेत्रमा अत्यन्तै ठूलो उपलब्धि दिलाउनुका साथै अन्तरिक्ष गतिविधिबारे पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ ।

तस्बिर सार्वजनिक भएपछि इएचटीका निर्देशक तथा हार्वर्ड विश्वविद्यालयका खोजकर्ता शेफर्ड डलेमनले भने, ‘ब्ल्याक होल ब्रह्माण्डमा रहेको सबैभन्दा रहस्यमय वस्तु हो । अहिले हामीले त्यो देखेका छौँ, जुन यसअघि हामी देख्न नसकिने साच्थ्यौँ । हामीले ब्ल्याक होलको एक तस्बिर लिएका छौँ ।’

ब्ल्याक होल त्यो क्षेत्र हो जसको शक्तिशाली गुरुत्वाकर्षणबाट प्रकाश समेत बच्न सक्दैन अर्थात ब्ल्याक होलमा उज्यालो समेत हराउने गर्दछ भने नजिकका जुनसुकै वस्तुलाई पनि यसले आफूतर्फ तान्ने गरेको विश्वास गरिन्छ ।

‘ब्ल्याक होल’ को अनुमान सबैभन्दा पहिले वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्त अर्थात ‘आइन्सटाइन्स थ्यौरी अफ रिलेटिभिटी’बाट लगाइएको थियो । तरपनि स्वयम् आइन्सटाइन्सलाई समेत सन्देह थियो कि यो वास्तवमै छ । त्यसपछि खगोलविद्ले यो ब्रमाण्डीय सिङ्कहोलभन्दा बाहिर भएको प्रशस्तै प्रमाण जम्मा गरे ।