काठमाडौँ– मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ ।


ADVERTISEMENT


कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए । कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको शेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५.४३ विन्दुले घटेको छ । त्यस्तै बैङ्किङ २.९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बीमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २.३६ र जीवनबीमा १२.५९ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् । त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०४ प्रतिशतले गुमाए ।