– दिनेश उप्रेती


ADVERTISEMENT


उसो त रामदेव योग गुरु हुन् । तर, उनलाई ‘राजनीतिक आसन’ गर्न पनि राम्रैसंग आउँछ । समयसंग फिट रहनका लागि कुन ‘राजनीतिक आसन’ कतिबेला गर्नुपर्छ उनलाई राम्रोसंग थाहा छ । पाँच वर्ष पहिले जब तमाम राजनीतिक पण्डित सिट जोड घटाउ गर्नमा व्यस्त थिए, तब रामदेव खुलेर भारतीय जनता पार्टी (बीजेपी)को पक्षमा खडामात्रै थिएनन्, चुनावी प्रचारप्रसारमा पनि अग्रस्थानमा थिए ।


ADVERTISEMENT

# # #


आम चुनावको लगभग एक वर्ष पहिले ३१ मार्च २०१३ मा जयपुरमा एक पत्रकार सम्मेलनमा रामदेव भनेका थिए, ‘यदि बीजेपीलाई सत्तामा आउनु छ भने उसले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुपर्छ ।’ फेरि उनले बीजेपीलाई समर्थन गर्नका लागि उसका केही नेतालाई केही ‘आसन’ गराएका थिए ।

नितिन गडकरीले रामदेवको पाऊ छोएर आशीर्वाद लिए भने चुनावको केहि दिन पहिले राजधानी दिल्लीमा भएको एक महोत्सवमा नरेन्द्र मोदीले रामदेवका साथ मञ्चमा हात उठाएर गीत गाएको पनि देखियो । फेरि मञ्चबाट रामदेवले आफ्ना समर्थकलाई मोदीलाई भोट दिन र अरुलाईपनि मोदीलाई नै भोट दिन भन्न अपिल गरेका थिए । सत्तामा आएपछि रामदेवलाई हरियाणा सरकारले आफ्नो ‘ब्राण्ड एम्बेस्डर’ बनाउँदै क्याबिनेट मन्त्रीको दर्जा पनि दियो ।

जसरी योगमा रामदेव केहि आसन गर्छन्, उसैगरी उनी राजनीतिमा पनि आसन बदल्न जान्दछन् । पछिल्लो वर्ष डिसेम्बरको अन्तिम हप्तामा तामिल नाडूको मदुराईमा भने, ‘भावी प्रधानमन्त्री को बन्छ भन्ने कुरा केही भन्न सकिँन्न ।’ (भर्खरै पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको दुई हप्ता भएको थियो । जसमा भाजपा तीन ठूला राज्यहरु छत्तीसगढ, मध्य प्रदेश र राजस्थानमा सत्ता बाहिर भएको थियो ।)

अवश्यपनि रामदेव अब नब्बेको दशकका सिर्फ एक योग बाबा होइनन् । किनकी उनको पतञ्जली आयुर्वेद हजारौँ करोड रुपैयाँको कारोबार गर्छ । लामा दारी भएका र गेरु वस्त्र पहिरने बाबा अब योगी बाहेक अर्बपति कारोबारी पनि हुन् । हरिद्वारबाट लगभग २५ किलोमीटर टाढा रामदेवको साम्राज्य कयौँ एकडमा फैलिएको छ । जहाँ स्कूल, अस्पतालदेखि औषधी बनाउने फ्याक्ट्रीसम्म छन् ।

मदुराईमा भएको उक्त पत्रकार सम्मेलनमा रामदेवले भने, ‘अहिले राजनीतिक स्थिति एकदम कठिन छ । आमी अनुमान लगाउन सक्दैनौँ कि भावी प्रधानमन्त्री को हुनेछ वा यस देशको नेतृत्व कसले गर्नेछ ? तर परिस्थिति एकदमै रोचक भएको छ ।’

उनले यो पनि भने कि उनी ‘अब सर्वदलीय पनि हुन् र निर्दलीय पनि ।’ के रामदेवले राजनीतिक आशन त्याग गरेका हुन् या एक चतुर व्यापारीको जस्तै समयलाई मध्यनजर गर्दै ‘न कोहीसँग मित्रता, न कोहीसंत दुश्मनी’ को फर्मुला अपनाएका हुन् ? आइतबार यहि कुरा जान्नका लागि म पतञ्जली योगपीठमा रामदेवलाई भेट्न गएँ । योगको कक्षा लिएपछि बिहान सातबजेदेखि नै रामदेवको बैठक यात्रा सुरु भयो । करिब दुई घण्टाको पर्खाइपछि उनले मलाई भने, ‘तपाई राजनीतिको कुरा गर्नुहोला, तर म अहिल्यै यसमा कुनै बोल्नेवाला छैन ।’

त के तपाई यसपटक बीजेपी र नरेन्द्र मोदीलाई समर्थन गर्नुहुनेछैन ? रामदेवको जवाफ थियो, ‘अरु केही कुरा गर्नुस्, प्लिज !’ पाँच वर्ष पहिले भाजपाका लागि खुलेर प्रचार गर्ने बाबालाई  के त्यस्तो आइलाग्यो, जसका कारण उनी राजनीतिका बारेमा कुरा गर्न चाहिरहेका छैनन् र अहिले चूप हुनुपरेको छ ? के बीजेपीका लागि बाबाको जरुरत अब समाप्त भएको हो वा रामदेव एक कुशल व्यापारीको जस्तै आफ्ना सबै विकल्प खुला राख्न चाहन्छन् ?

वरिष्ठ पत्रकार राजेश शर्मा बताउँछन्, ‘बाबा रामदेवले कालो धनका विरुद्ध २०१४ मा जोडतोडका साथ अभियान चलाएका थिए । आफ्ना अनुयायीलाई यो भनेर मोदीलाई भोट दिन अपिल गरेका थिए कि उनको सरकारले विदेशमा रहेको कालोधनलाई स्वदेश ल्याउनेछन् । तर, यस मामिलामा मोदी सरकारले त्यस्तो खास केही गर्न सकेन । उनको समस्या यही छ कि यस मुद्दामा आफ्ना अनुयायीलाई कसरी सम्झाउने ?’

अर्का पत्रकार पीएस चौहान बताउँछन्, ‘यसपटक बाबालाई मोदीको पक्षमा कुरा गर्नका लागि उच्च नैतिकता छैन । कालो धनमा केही काम भएन । अर्कोतर्फ यो पनि लाग्छ कि रामदेव अब एक व्यापारी पनि हुन् । त्यसकारण उनी अहिलेको राजनतिक माहोल देखेर कसैको पक्ष लिन चाहिरहेका छैनन् । ’

फेरि नोटबन्दी र जीएसटीजस्ता मोदी सरकारका निर्णयले व्यापारीलाई प्रभावित बनाए र रामदेवको पतञ्जली आयुर्वेद पनि त्यसको प्रभावबाट मुक्त हुन सकेन । पतञ्जलीले २०१८ मा आम्दानीको हिसाब त दिएन, तर, बतायो कि आफ्नो कम्पनीको आम्दानी करिब पछिल्लो वर्ष अर्थात् २०१७ को बराबर रह्यो ।

२०१७ मा पतञ्जली आयुर्वेदको आम्दानी १० हजार ५६१ करोड रुपैयाँ थियो । जुन उसको पछिल्ला दुई वर्षको तुलनामा दुई गुणा बढी थियो । बालकृष्णले मानेका थिए कि नोटबन्दी र जीएसटीको अलिकति प्रभाव पतञ्जलीमा पनि परेको थियो । यद्दपी उनको दाबी थियो ‘आम्दानीको आँकडा यस कारण कम भयो कि पतञ्जलीको ध्यान संरचना बढाउने र ‘सप्लाई चेन’ बनाउनेमा थियो ।’

नोटबन्दी र जीएसटी जस्ता मोदी सरकारका निर्णयप्रति बाबा रामदेव असन्तुष्ट छन् । पत्रकार पीएस चौहान बताउँछन्, ‘बाबाले कहिल्यै पनि खुलेर यिनलाई (नोटबन्दी र जीएसटी) लिएर असन्तुष्टि जनाएनन् । तर, तपाईँ आँकडा हेर्नुहुन्छ भने थाहा पाउनुहुनेछ कि अन्य व्यापारीको जस्तै पतञ्जलीमा पनि यसको प्रभाव परेको छ । कम्पनीको विस्तार कार्य प्रभावित भएको छ ।’

तर, लाखौँ अनुयायी रहेका रामदेवलाई यसपटक आफ्नो पक्षमा खडा गर्नका लागि राजपाले के कुनै प्रयास गरेन ? यसको जवाफ पत्रकार रतनमणि डोभाल यस किसिमले दिन्छन्, ‘मेरो विचारमा यसको पछाडी पतञ्जलीको आर्थिक हित छ । सामान्य अर्थमा भन्नुपर्दा भाजपाले यसपटक रामदेव को ढोका ढक्ढकाएन । उनको प्रत्यासी (रमेश पोखरियाल) एक पटकपनि उनीसंग भेट्न गएनन् ।’

– बीबीसी