काठमाडौं – गृह मन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिस्तरीय निर्णयले उनीहरुको सरुवा गरेको हो । यस्तै सात जिल्लाका प्रमुख जिल्ला अधिकार (सीडीओ) परिवर्तन भएका छन् ।


ADVERTISEMENT


दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकमा सीडीओ पविर्तन गरिएको हो । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, भोजपुरका नुरहरी खतिवडा, बाजुराका गंगा प्रसाद न्यौपाने र दोलखाका खगेन्द्र प्रसाद रिजालको सरुवा गरेको छ । यस्तै संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ भने रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।