काठमाडौं– हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ ।


ADVERTISEMENT


घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा लगायतको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


किन मनाइन्छ घोडे जात्रा ? यस्तो छ कारण

जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहर बासिन्दाले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।

यसै कारण हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले दुःख दिँदैन भन्ने मान्यता छ ।

यस्तै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ ।

तस्बिर : रासस