काठमाडौं – ललितपुरस्थित सानेपा रिङरोडमा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको किताब बोकेको ट्रकले बा ७ च २१३१ नम्बरको तरकारी बोकेको भ्यानलाई ठक्‍कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार भ्यान चालक दोलखा घर भएका ४० वर्षका इन्द्रबहादुर सुनुवार, भ्यानमा सवार धनुषा धारापानीकी ४० वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । चालक सुनुवारको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको थियो भने शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते एकजनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


बाटो क्रस गर्दै गरेको स्कुटरलाई साइड दिने क्रममा ट्रक अनियन्त्रित भएको थियो ।