एजेन्सी – हिन्दु धर्ममा विवाहका बेला केही रितीरिवाजलाई पालना गर्ने गरिन्छ । विवाह मण्डप, कन्यादान, सिन्दुर, मंगलसूत्र आदि परम्पराको आफ्नै महत्व हुन्छ । तर, तीव्र रुपमा परिवर्तन भइरहेको यस युगमा विवाहका परम्परा र संस्कृतिमा पनि विस्तारै परिवर्तन आउन थालेको छ ।


ADVERTISEMENT


तपाईले सँधै दुलहाले दुलहीलाई मंगलसूत्र पहिर्याइदिएको त  देख्नुएकै होला । तर, हालै भारतको कर्नाटकमा दुई जोडीले अनौठो तरिकाले विवाह गरेका छन् । यी विवाहमा दुलहाले दुलहीलाई मंगलसूत्र पहिर्याए, त्यसपछि दुबै दुलहीले पनि दुलहालाई मंगलसूत्र पहिर्याएर सबैलाई चकित तुल्याए ।


ADVERTISEMENT

# # #


हिन्दू धर्ममा मंगलसूत्रलाई विवाह र दाम्पत्य दिर्घायूको प्रतीक मानिन्छ । विवाह गरेकी महिलाले आफ्ना पतिको रक्षाका लागि मंगलसूत्र पहिरने गर्छन् । तर, दुलहीद्वारा दुलहालाई मंगलसूत्र पहिर्याउने यो नयाँ प्रयोगले युवा पिढीँको नयाँ सोचलाई दर्शाउँछ ।

रिपोर्टका अनुसार दुबै जोडी कर्नाटकको विजयपुरा जिल्लाका वासिन्दा हुन् । यी दुई जोडीले दुनियाँका सामू लैंगिक समानताको एक नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।

भारतीय पत्रिका आजतकका अनुसार यी दुवै जोडी फरक फरक जातीबाट प्रतिनिधित्व गर्छन् । यिनीहरुको विवाह न त शुभसाइत पारेर गरियो, न त यिनीहरुको विवाहमा कन्यादानको प्रक्रिया पूरा गरियो । किनकी यिनीहरु मान्छन्, ‘कन्या कुनै सम्पत्ति होइनन्, जसलाई दान गर्न सकियोस् ।’

धेरै मानिसहरूले यी अनौठो विवाहमा भाग लिए र विवाहित जोडीहरूलाई आशिर्वाद दिएका थिए ।