काठमाडौँ – कामना सेवा विकास बैंकले वैदेशिक मुद्रा सटही सेवा सुरुवात गरेको छ । बैँकले आफ्नो केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट बिहीबारदेखि उक्त सेवा सुरुवात गरेको हो ।


ADVERTISEMENT


२बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए । हाल बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए । बैंकले देशभर ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।