काठमाडौं । बारा र पर्सा जिल्लामा हुरीले ल्याएको बिपत्तिमा छिमेकी भारतले दुस्ख व्यक्त गरेको छ। ४ जना भारतीय सहित २८ जनाको मृत्यु भएको सयौं घरमा क्षति भएको र करिब पाँच सय मानिस घाइते भएको उक्त घटना बारे मँगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले मृतकका परिवारप्रति समवेदना, घाइते र सम्पत्ति गुमाएकाहरु प्रति सहानुभुति व्यक्त गरेको छ।


ADVERTISEMENT


काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्यदूतावासले घटनाबारे नेपाली अधिकारीसँग सम्पर्क गरिरहेको र आवश्यक परेमा राहत सहयोग गर्न भारत तयार रहेको बिज्ञप्तिमा जनाईएको छ ।


ADVERTISEMENT

# # #