काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानुनी प्रबन्ध गरिने बताएका छन्।


ADVERTISEMENT


राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताए।


ADVERTISEMENT

# # #


उनले भने, ‘लोकतान्त्रिक आन्दोलनको संघर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो। यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन। सरकारका नीतिहरू पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु। हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौं।’

विज्ञापन नीति र क्लिन फिड नीतिको कानुन पारित भइसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभइ करको दायरामा ल्याउन खोजिएको स्पष्ट गरे। -रासस