काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।


ADVERTISEMENT


कांग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवाविरुद्ध कारवाहीको माग गर्दै बिहीबार अनुशासन समितिमा उजुरी दर्ता गराएका हुन् । सभापति देउवाले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै समितिमा उजुरी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


केन्द्रीय अनुशासन समितिले महासमिति सदस्य बजगाईँको उजुरीलाई ११५ नम्बरमा दर्ता गरेको छ।

उनले उजुरीमा भनेका छन्, “दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टी र त्यसको नेतृत्वमा महाप्रस्थानको आधा गन्तव्यबाटै प्रातःस्मरणीय सुशील कोइरालाबाट जिम्मा लगाइएको पार्टीको शर्मनाक हार गराउनु भएको त छँदैछ, त्यसबाहेक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ? यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन की सिंगो पार्टीको साख गिरेको छ । यसकारण शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु ।”