काठमाडौं – भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदैछन् ।


ADVERTISEMENT


आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी आउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् ।  रासस