काठमाडौँ – नेपाल पत्रकार महासंघले रेडियो स्टेसनबाटै प्रहरीद्वारा पक्राउ गरिएका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्माको सम्बन्धमा अध्ययनका लागि टोली पठाएको छ ।


ADVERTISEMENT


महासंघले कालिकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णाली विश्वकर्माको बारेमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन पठाएको हो ।


ADVERTISEMENT

# # #


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीसहित नेपाल बार एसोसिएसन प्रतिनिधि संलग्न मिसनले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गर्नेछ । मिसनले प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गर्दै घटनाको सत्यतथ्यसहितको प्रतिवेदन सार्वजनिक गर्नेछ ।

पत्रकार विश्वकर्मालाई चैत्र ७ गते कालिकोटस्थित रेडियो नयाँ कर्णालीको स्टुडियोमै प्रवेश गरी प्रहरीले पक्राउ गरेको थियो ।