सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिँदै बिदा भएका छन्।


ADVERTISEMENT


एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकका रुपमा फिलिपिन्सको मनिला जाने अघिल्लो दिन मंगलबार मुख्यसचिव सुवेदीले सिंहदरबार छोडेका हुन्।


ADVERTISEMENT

# # #


गत २०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल २०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।

मुख्यसचिव बुधबार जाने निश्चित हुँदाहुँदै पनि सरकारले कसलाई मुख्यसचिव बनाउने भन्ने टुंग्याउन सकेन। प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव रामकुमार आचार्य देशबाहिर रहेकाले अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो । स्वदेश फर्केपछि आचार्यले अर्का मुख्यसचिव नियुक्त नहुन्जेल निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

मंगलबार सचिवको बैठक आयोजना गरी मुख्यसचिव सुवेदीले आफूले गरेको कामबारे जानकारी गराउँदै सहयोगका लागि धन्यवाद दिएका थिए।