दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टरबाट एसइई परीक्षा दिएकी छन् ।


ADVERTISEMENT


गत २०७३ सालमा मावि डाडागाउँमा कक्षा आठमा भर्ना भएकी चैधरीले कक्षा आठ र नौ औपचारीक रुपमा पढेपनि कक्षा १० भने स्वअध्ययन गरेकी छिन् ।


ADVERTISEMENT

# # #


परीक्षामा सहभागी हुनुअघि सांसद चौधरीले प्रतिक्रिया दिँदै आफ्नो बाल्यकालदेखिको सपना पूरा भएको बाताइन् । उनले आफ्नो अब पीएचडी गर्ने सपना रहेको पनि उल्लेख गरिन् ।

‘अहिले बाल्यकालमा छु जस्तो लाग्यो । यो मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो, जुन आज पूरा भएको छ’ उनले भनिन्, ‘अहिले एसईई दिएकी छु, बुढेसकालसम्म भए पनि पिएचडी गर्ने सपना छ । तर आज मेरो बाल्यकालदेखिको एउटा ठूलो सपनाचाहिँ पूरा भएको छ ।’

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।