काठमाडौँ – नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ ।


ADVERTISEMENT


एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नेछन् । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी छ । दुवैको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको आयोजनाले जनाएको छ । कूल लागत रु १५ अर्बमा साढे तीन वर्षमा यो सडक चार लेनमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने उपआयोजना निर्देशक पौडेलले बताए । हाल निर्माण व्यवसायीले डिजाइनको काम गरिरहेको छ । दुई महीनामा भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु हुनेछ । रासस