काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३ं) च्याम्पियनसिप छनोटको तयारी स्वरुप बंगलादेश यू २३संग भएको खेलमा नेपाल १-० गोलले विजयी भएको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा नेपालले बंगलादेहलाई हराएको हो । खेलको १९ औँ मिनेटमा कप्तान विमल घर्तिमगरले गोल गरेपछि नेपालले अग्रता लिएको थियो । विमलले अन्जन बिष्टको पासमा गोल गरेका थिए । गोल गरेको केही समयपछि घाइते भएर मैदान छाडेका विमल फेरी मैदानमा आएनन् ।


ADVERTISEMENT

# # #


यता दुई पटक गोल गर्ने मौका पाएपनि बंगलादेशले त्यसको सदुपयोग गर्न सकेन । नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलेका थिए ।