काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।


ADVERTISEMENT


उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई आज नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि आजै नियुक्ति गरेका छन् ।

पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्र्दशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराईएको छ ।

सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

“५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिएका छन् ।

“सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न समेत आग्रह गरेका छन् ।

“डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस ,तपाईंको व्यबहारले बिरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।