काठमाडौं – प्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


राजपाले बुधबार ‘लाल प्रतिवेदन’ सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको थियो । राजपा सांसदको अवरोधपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुखले सरकारलाई रुलिङ गरेपछि राजपाको संसद अवरोध हटेको छ ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा राजपाका तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुना थिए । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरेका थिए । तर, गत फागुन २२ गते जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि राजपा असन्तुष्ट रहेको छ ।

टिकापुर घटना राजनीतिक भएकाले आफ्ना सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गर्नु अन्याय भएको र लाल प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ ।