चितवन– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताएका छन्।


ADVERTISEMENT


उनले संशोधनको तयारी भइरहेको समेत जानकारी दिए । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम ल्याउन नसकेको बताए।


ADVERTISEMENT

# # #


उनले आफ्नो पार्टी बलियो रहेको जिकिर गर्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । आगामी कात्तिक/मंसिरमा अर्को तहको निर्वाचन हुने भएकाले तयारीमा रहन र संगठनलाई थप मजबुत बनाउन कार्यकर्तालाई आग्रह गरे ।

मन्त्री महरा आज चितवनका विभिन्न चारवटा कार्यक्रममा सहभागी भएका थिए । रासस